जुम्ला कन्कासुन्दरीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

लोकपथ
78
Shares

जुम्ला । जिल्लाको कन्कासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुले अध्यक्ष र उपाध्यक्षमा बाजी मारेका छन् ।

केहीबेर अघि सार्वजनिक नतिजा अनुसार गाउँपालिका प्रमुखमा दामोदर आचार्य निर्वाचत भएका छन् । भने उपाध्यक्षमा नेपाली कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी प्रेमकली बुढा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष आचार्यले २ हजार ८ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका बुढाले २ हजार ३ सय ८० मत प्राप्त गरेकी छिन् । आयोगका अनुसार गाउँपालिका प्रमुखमा निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?