रोल्पा नगरपालिकामा मेयर-उपमेयरसहित माओवादी हाबी

लोकपथ
416
Shares

रोल्पा । रोल्पा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका सुरेन्द्र थापा (घर्ती) ७ हजार ६ सय ३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६ सय ५८ मत प्राप्त गरे । उपमेयरमा माओवादीकै गीता आचार्य ७ हजार सात सय ४१ मत प्राप्त गरी विजयी भएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ मत प्राप्त गरिन् ।

दशवटा वडा रहेको रोल्पा नगरपालिकाका नाैवटामा माओवादीको प्यानलै विजयी भएको छ । वडा नम्बर ३ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
वडा १ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली, ६ मा तुलबहादुर घर्तीमगर, ७ मा लालबहादुर घर्तीमगर, ८ मा हर्कबहादुर डाँगी, ९ मा मीमबहादुर घर्तीमगर र १० मा मतिलाल डाँगी रहेका छन् ।

मेयरतर्फ नेकपा एमालेका घनश्याम आचार्यले ५२४, राप्रपाका गन्जबहादुर शाहीले १७८ तथा स्वतन्त्रबाट विर्षमन रोकाले २४ मतमात्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?