काठमाडौं: संघीय संसदको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थियो ।
ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक ÷प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गरेका पंगेनी नेका स्याङ्जा जिल्ला कार्यसमितिका सभापति र समाजसेवीसमेत थिए ।
पंगेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको हो ।
पूर्वसांसद कमल पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया