एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलनै विजयी

लोकपथ
338
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

हाल ओली बसोबास गरिरहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसको प्यानलनै विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित कार्कीले १ हजार ५११ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मतसहित उपविजेता भएका छन् ।

यद्यपी सूर्यविनायकको मतगणना भने जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?