धनुषामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
156
Shares

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया गुर्मीदेवी चमार रहेकी छन् । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल सिराहामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोकिराखेको प्रदेश २–०१–००१ त ०८३२ नम्बरको ट्रयाक्टरमा खर्बुजा लोड गर्दै गरेकी उनलाई हिजो बेलुकी पौने ९ बजे प्रदेश २–०१–००१ त ०९९२ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी इनर्वाले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?