सभामुख सापकोटाले आज संसद भवनको अवलोकन गर्दै

लोकपथ
130
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद भवन नयाँ बानेश्वरको अवलोकन गर्ने भएका छन् ।

भोलिदेखि सुरु हुने वर्षे अधिवेशनको तयारीका बारेमा जानकारी लिन सभामुख सापकोटाले संसद भवनको अवलोकन गर्न लागेका हुन् ।

आज दिउँसो १ः४५ बजे सभामुख सापकोटा संसद भवनको अवलकोन गर्ने उनको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि वर्षे अधिवेशन आह्वान गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?