पहिरोले घर पुरिँदा १३ वर्षीय बालकको मृत्यु

धादिङ: पहिरोले घर थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ । 

घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ । 
अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान मात्र पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?