नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने सडक सञ्चालनमा आएको छ ।

गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 
सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।

बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?