सिंगै पार्टी एमालेमा भित्र्याउँदै देउवाविरुद्ध खनिए ओली

काठमाडौं, २८ असोज– चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपाने एमालेमा प्रवेश गरेका छन् ।शनिबारदेखि औपचारिक रुपमा न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय भएको छ ।सो अवसरमा बोल्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आचार संहिताको उलंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका छन् ।ओलीले केही दिन भएपनि लाभ लिउँ भन्ने मानसिकताबाट उद्धत हुदै सरकारले मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?