मोदी आज लुम्बिनी भ्रमणमा आउँदै, यस्तो छ भ्रमण तालिका

लोकपथ
585
Shares

काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् ।

भारतीय प्रधामन्त्री मोदी भारतीय वायु सेनाको हेलिकोप्टरबाट १०ः४० बजे लुम्बिनी आउने कार्यक्रम रहेको छ ।

बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउन लागेका मोदी भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तो रहनेछ मोदीको नेपाल भ्रमण

१०ः४० बजे विमान अवतरण

११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने

११ः३० बजे भूमि पूजामा सहभागी हुने

१२ः२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने

१२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने

१२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग घेटघाट गर्ने

१ः३० मा प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने

२ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने,

३ः३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?