बेनी–जोमसोम सडक पहिरोले अवरुद्ध, विद्युत आपूर्ति बन्द

जोमसोम: बेनी–जोमसोममा पहिरो खस्दा यातायात अवरुद्ध हुनुका साथै विद्युत आपूर्ति समेत बन्द भएको  छ । 
रघुगंगा गाउँपालिका २ र ३ वडामा पर्ने चमेरे र बैंसरीमा पहिरो खसेको हो  ।  

रघुगंगा गाउँपालिका, २ बैंसरीमा पहिरोले ३३र११ केभिए हाईटेन्सन लाईनका खम्बा समेत खसालेकोले जिल्लाको उत्तरी भेगमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

सोही गाउँपालिकाको चमेरेमा पनि माथीबाट झरेको लेदोको थुप्रोका कारण सवारी अवरुद्ध छ । 

यसैगरी जिल्लाको पश्चिम भेगकामा पनि पहिरोले यातायात अवरुद्ध छ । 

पहिरो पन्छ्याउने प्रयास भएपनि झरी निरन्तर रहेकोले बाधा पुगेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । 

बेनी–जोमसोम सडकमा बाढी पहिरोको जोखिम उच्च भएपछि प्रशासन कार्यालयले साँझ ६ बजेदेखी बिहान ६ बजेसम्म १२ घन्टा आपतकालिन अवस्थामा बाहेक यातायात संञ्चालनमा रोक लगाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?