हनुमन्तेको बाढीले भक्तपुर फेरि डुबानमा

ठिमी : रातभर परेको पानीले हनुमन्ते खोलाको सतह बढेपछि भक्तपुरको राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ । 

सहरमा बाढी पस्दा हनुमानघाटस्थित सिद्दी स्मृति बाल अस्पताल, परोपकार केन्द्र, सल्लाघारीस्थित डा. र्इवामुरा अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि लगायतका संरचना डुबानमा परेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रातभर पानी परेर खोलाको सतह बढेपछि सुरक्षाकर्मीलार्इ उच्च सतर्कताका साथ परिचालन गरिएको र डुबानग्रस्त क्षेत्रमा अहिले उद्दारका लागि काम भर्इरहेको छ ।

स्थानीयबासीलार्इ उच्च सतर्कताका साथ बस्न पनि प्रहरीले अाग्रह गरेको छ ।

यो पनि : 

भक्तपुर र ठिमी क्षेत्र डुबानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?