चितवन: गएराति खसेको पहिरोमा परेर नारायणगढ-मुग्लिन सडकखण्डमा एउटा ट्याक्सी पुरिएको छ ।
ग १ ज २८८३ नम्बरको ट्याक्सी पुरिएको हो तर ट्याक्सीमा रहेका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति देखि नै सडक अवरुद्ध भएको छ ।
गएराति साढे १० बजेदेखि पहिरो खस्न थालेको र बिहानसम्म पनि पहिरे खस्ने क्रम नरोकिएको बतइएको छ । आज बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।
सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो ।
बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिए पछि यत्रुहरुले दुःख पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया