स्याङ्जाका कांग्रेस जिल्ला सभापति कमल प्रसाद पंगेनीको निधन

वालिङ : नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति एवं पूर्व सभासद् कमल प्रसाद पंगेनीको निधन भएको छ । 

अार्इतबार बिहान हृदयघातका कारण पंगेनीको निधन भएको हो । 

पंगेनीले २०७० मा भएको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । 

स्याङ्जाको खिलुङ देउरालीमा जन्मेका पंगेनी ललितपुर धोविघाटमा बस्दै अाएका थिए । 

विज्ञानमा स्नातक गरेका पंगेनीका १ छोरा र १ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?