काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा २४९४ मतले अगाडि

लोकपथ
3.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । साह उनका निकटमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितभन्दा २ हजार ४९४ मतले अगाडि छन् ।

बालेनले ५ हजार ४ सय ५२ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका स्थापितले २ हजार ९ सय ५२ मत ल्याएका छन् ।

यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ५ सय ७७ मत प्राप्त गरेकी छिन् ।

यता राष्ट्रिय प्रजातान्त्रिक पार्टीका तर्फबाट मेयर उम्मेदवार बनेका मदनदास श्रेष्ठले २ सय ८२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार समान सायमीले २८१ मत प्राप्त गरेका छन् ।

रत्यस्तै विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?