ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

लोकपथ
221
Shares

अछाम । अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।

उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?