भरतपुरमा प्रतिस्पर्धा कडा बन्दै, एमालेका उम्मेदवार विजय सुवेदीले लिए अग्रता, पछ्याउँदै रेणु

लोकपथ
17k
Shares

भरतपुर । भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदीलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले पछ्याइरहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका विजय सुवेदीले ३ हजार ७५ मत प्राप्त गरेका छन् । दाहालले ३,०४६ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् ।

पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १ हजार ३७ मत छ । भरतपुरमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?