तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा एमालेका तुम्बाहाङ्फे निर्वाचित

लोकपथ
1.2k
Shares

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तुम्बाहाङ्फेलाई पराजित गर्दै मेयर चुनिएका हुन् ।

तुम्बाहाङ्फेले ५ हजार ११७ मत प्राप्त गरेका छन् ।यस्तै, कांग्रेसका उम्मेदवारले ४ हजार ४७८ मत प्राप्त गरेका छन् ।

पालिकाको उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी निर्वाचित भएकी छिन् । उनले ५ हजार २१० मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?