अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका देवकोटा र भुजेल निर्वाचित

लोकपथ
260
Shares

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवकोटा अध्यक्षमा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द्र गुरूङलाई ४९८ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । गुरूङले ३ हजार २८९ मत पाएका थिए ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी उम्मेदवार अनिता भूजेलले ३ हजार ५३२ मतका साथ निर्वाचित भएकी छिन् । उनले कांग्रेसका उम्मेदवार इन्द्रा गुरूङलाई १७१ मतान्तरले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । गुरूङले ३ हजार ३६१ मत ल्याएकी छिन् ।

देवकोटा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका फणिन्द्र प्रसाद धितालसंग र भूजेल चन्द्रमाया गुरूङसंग पराजित भएकी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?