कामु प्रधानन्यायाधीशमा आजदेखि मिश्र

काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको नेतृत्वमा पुग्न अयोग्य ठहर्‍याएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदामा बसेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार साँझ भेटी उनले १५ दिन बिदामा बस्ने जानकारी गराएका हुन् ।
अब उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेसी तोक्नेछन् । मिश्रले नै कामु प्रधानन्यायाधीशका हैसियतमा सर्वोच्च र न्यायपरिषद्को नेतृत्व सम्हाल्नेछन् । संवैधानिक परिषद्ले सम्भवतस् उनलाई नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ । सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्परा छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?