बेलकोटगढी-१३ बाट कांग्रेसले खोल्यो खाता, वडाध्यक्षमा नवराज पाण्डे निर्वाचित

लोकपथ
1.3k
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १३ बाट नेपााली कांग्रेसले विजयको सुरुवात गरेको छ ।

आइतबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार नेपाली काग्रेसका उम्मेदवार नवराज पाण्डेले जित हासिल गरेका हुन् ।

उनले उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार पशुपति लोहनीलाई हराउँदै जित हासिल गरेका हुन् । बेलकोटगढी वडा नं १३ मा कांग्रेस एमालेसहित ६ जनाको उम्मेदवारी परेको थियो ।

वडा नं १३ सहित अन्य वडाको मतगणना गर्दा कांग्रेस माओवादीबाट गठबन्धनका उम्मेदवार जगतबहादुर लामाले अग्रता कायम गरेका छन् ।

यसअघि बेलकोटगढी १ मा नेकपा एमालेका उम्मेदवार सन्तबहादुर तामाङले जित हासिल गरेका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार बद्री ढुंगानालाई पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?