एमाले महासचिव पोखरेलले दिए गगन थापालाई रिप्लाई

लोकपथ
4.7k
Shares

काठमाडौं । नेकपा एमालेले देशभर आइरहेको मतपरिणाममा धाँधली भएको भन्दै निरन्तर आपत्ति जनाइरहेको छ ।

आइतबार विज्ञप्ति नै निकालेर मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । त्यसबारे टिप्पणी गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रारम्भमा नै निर्वाचनप्रक्रियामाथि आपत्ति जनाउँदै मतदाताको अवमूल्यन गरेको बताएका छन् । त्यसमा रिप्लाई दिँदै नेकपा एमालेका महासचिव शंकर पोखरेलले धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा नभइ रक्षा गर्नु रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेर परिणाम ल्याए पनि एमालेले आफ्नो पक्षमा राम्रो जनादेश प्रकट भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको चरम दुरुपयोगका वावजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो ।’

यता कांग्रेस महामन्त्री थापाले एमालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले) ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?