गगन थापाले भने- ‘एमालेले आम मतदाताको अवमूल्यन गर्‍यो’

लोकपथ
1.4k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहेको अवस्थामा मतपरिणामबारे नेकपा एमालेले लगाएको आरोपप्रति कांग्रेस महामन्त्री गगनकुमार थापाले खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले नेकपा एमालेले मतपरिणाम आउने क्रम जारी रहँदा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउनु आम मतदाताको अवमूल्यन भएको बताएका छन् ।

आज नेकपा एमालेले विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनले प्रारम्भिक चरणमा नै धाँधली गरेको र त्यस्ता ठाउँमा पुनः गणनाको माग राखेको थियो । उक्त कुरालाई खण्डन गर्दै महामन्त्री थापाले नेकपा एमालेले धैर्यता नराखी निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउनु प्रत्येक मतदाताको अभिमतको अवमूल्यन भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?