काठमडाैं : नेपाल राष्ट्र बैंकले आज (अार्इतबार) का लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ९ रूपैयाँ ४८ पैसा र बिक्रीदर १ सय १० रूपैयाँ ०९ पैसा, १ युरोको खरिददर १ सय २६ रूपैयाँ ९६ पैसा र बिक्रीदर १ सय २७ रूपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, पाउन्डस्ट्रलिङ १ को खरिददर १ सय ४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४३ रूपैयाँ ४७ पैसा तोकिएको छ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ १९ पैसा र विक्रिदर २९ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७ पैसा र विक्रिदर ३० रुपैयाँ २३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ । मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा र विक्रिदर २६ रुपैयाँ ९६ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र विक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ ३५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ९१ रुपैयाँ २४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया