काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका तर संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेका दीपकराज जोशीको मुद्दालाई नैतिक प्रश्नको रूपमा संसद्मा उठाउने तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
कांग्रेसले संवैधानिक परिषद् र अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको औचित्यमाथि नै प्रश्न उठाउँदै संसद्मा सशक्त रूपमा प्रस्तुतीको तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बसेको पार्टीका उपलब्ध पदाधिकारीसहित पूर्वपदाधिकारी तथा शीर्ष नेतृत्व तहको बैठकले संवैधानिक परिषद्को औचित्य माथि प्रश्न उठाएको हो ।
नेता अर्जुननरसिंह केसीले कांग्रेसले स्वयं प्रधानमन्त्री नै अध्यक्ष रहेको संवैधानिक परिषद्को निर्णयमा नै प्रश्न उठेकाले त्यसको औचित्य खोजिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया