हेटौँडामा गठबन्धन र एमालेलाई पछि पार्दै राप्रपाले लियो अग्रता

लोकपथ
5.9k
Shares

हेटौँडा । हेटौँडा उपमहानगरमा हालसम्मको मत परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

केहीबेरअघि आएको परिणाम अनुसार ९ हजार २९ मतगणना गर्दा राप्रपाका उम्मेदवार दिपक सिंहले २ हजार ७ सय १० मतसहित अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई गठबन्धनबाट उम्मेदवार बनेकी मिना लामाले २ हजार ६ सय ६९ मत प्राप्त गरेकी छिन् । यता नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा गठबन्धनको उम्मेदवारले अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गठबन्धनका साझा उम्मेदवारले ३ हजार ९ सय ८२ मत ल्याएका छन् । भने नेकपा एमालेका उम्मेदवारले ३ हजार १६ मत प्राप्त गरेका छन् । भने राप्रपाबाट उपमेयरका उम्मेदवारले ८०३ मत मात्रै मत प्राप्त गरेका छन् ।

यद्यपी हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?