बेलकोटगढीको मेयरमा गठबन्धन र उपमेयरमा एमाले अघि

लोकपथ
4.1k
Shares

काठमाडौं । जिल्लाको बेलकोटगढी नगरपालिकामा मेयर र उपमेयरमा मिश्रित परिणाम आएको छ ।

हालसम्म विभिन्न वडाहरुमा गरिएको परिणाम अनुसार बेलकोटगढीको मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवारले अग्रता कायम गरेकी छिन् ।

मतपरिणाम अनुसार कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार जगतबहादुर लामाले १ हजार ९ सय ७५ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले १ हजार ५ सय ५३ मत प्राप्त गरेका छन् । यता उपमेयरमा भने एमालेकी उम्मेदवार रुपा सापकोटाले अग्रता कायम गरेकी छिन् । उनले १ हजार ६ सय ४३ मत ल्याउँदा कांग्रेसबाट गठबन्धनको उम्मेदवार बनेका शिवप्रसाद दाहालले १ हजार ५ सय ५३ मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरको उम्मेदवार बनेका युवराज पाण्डेले ९५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?