३१ श्रावण २०७९, मंगलवार

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आयोगको आग्रह

२०७४,आश्विन,२८,शनिवार १०:३१

0
Shares

काठमाडौँ,२८असोज । निर्वाचन आयोगले आगामी निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराएको छ ।आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकार हेरफेर वा मन्त्रिमण्डलका सदस्यहरूको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगरी नगराई तोकिएको मितिमा निर्वाचन गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विभिन्न

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. बाबुराम भट्टराईसँग मिलेरै बामपन्थी आन्दोलनलाई अघि बढाउने बताएका छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अन्नतः पूर्वसहकर्मीहरुसँग सहकार्य गर्न पुगेका छन् । केही समयअघि

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५