नुवाकोटको किस्पाङमा एमाले-माओवादी गठबन्धन अघि, कसको मत कति ?

लोकपथ
2k
Shares

नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

केहिबेरअघि सार्वजनिक मतगणना अनुसार एमाले र माओवादीका गठबन्धनका उम्मेदवार(एमाले) का उम्मेदवार बिरबल लामाले १ हजार २ सय ६४ मत ल्याएका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार छत्रबहादुर लामाले १ हजार १ सय १७ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा समेत गठन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । जसमा गठबन्धन (माओवादी केन्द्र) बाट अर्जुनप्रसाद न्यौपानेले १ हजार ४ सय ४ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसबाट उम्मेदवार बनेकी दिलकुमारी मोक्तानले १ हजार ६१ मत ल्याएकी छिन् ।

त्यस्तै हाल निर्वाचनको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?