काठमाडौंमा बालेनले झनै बढाए मतान्तर, केशव स्थापित १६ सय मतले पछाडि

लोकपथ
1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले १ हजार ६ सय ७६ मतले अग्रता कायम गरेका छन् ।

केहीबेर सार्वजनिक मतगणना अनुसार उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका केशव स्थापित १ हजार ८ सय ५६ रहेका छन् । भने बालेनले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन् । सुरुवाती अग्रता कायम गरेका स्थापित र दोस्रो बनेकी सिर्जना सिंहलाई उछिन्दै बालेनले अग्रता कायम गरेका हुन् ।

हाल गठबन्धन (नेपाली कांग्रेस) बाट उम्मेदवार बनेकी सिर्जना सिंह भने १ हजार ६ सय ६८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

हाल काठमाडौं महानगर १,२,३,४,३१ र ३२ वडाको राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

यता उपमेयरमा भने नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?