खडक नगरपालिका १ मा लोसपाका साह विजयी

लोकपथ
133
Shares

सप्तरी । सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् ।

वडा नं. २ मा जसपाका हरेराम मण्डल निर्वाचित भएका छन् । उनले २६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका धर्मदेव साहले ३५९ प्राप्त गरे ।

यस्तै, शम्भुनाथ नगरपालिका-१ मा नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवार जीबछ साहको प्यानल विजय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?