डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

लोकपथ
56
Shares

डोटी । जिल्लाको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिका प्रमुख र उपप्रमुखमा जित हासिल गरेका छन् ।

केहीबेर अघि आएको मतपरिणाम अनुसार बडीकेदारको अध्यक्षमा डम्बरबहादुर साउदले २ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार चक्रबहादुर घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका थिए ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा डम्बरकुमारी विष्ट कलेलले जित २ हजार ४ सय ७ मतसहित जित हासिल गरेकी छिन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी उम्मेदवार सपना सिराडीले २ हजार २ सय २ सय ७६ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?