सिभिल क्यापिटल मार्केटले विभिन्न सेवामा छुट दिने, सार्वजनिक बिदामा पनि कार्यालय खुल्ने

लोकपथ
91
Shares

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ ।

यसअन्तर्गत नयाँ डिम्याट खाता रजिष्ट्रार, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने एक सय ५० रुपैयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने लिने जनाएको छ ।

त्यसैगरी, पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक सेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, सेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुजीँबजार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । शुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर अक्सन २० वटा सहितका विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ ।

निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापन कार्यको सुझाव, आइपीओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?