श्रीमानलाई जिसस प्रमुख बनाउने पद्मा अर्यालको सपना अधुरै

लोकपथ
12.4k
Shares

स्याङ्जा । पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडासदस्यमा पराजित भएका छन् ।

जिल्ला समन्वय समितिको सभापति (जिसस) बन्नका लागि वालिङ नगरपालिका(१ मा नेपका एमालेबाट वडासदस्यको उम्मेदवार बनेका थिए । वडामा पराजितपछि उनको जिल्ला समन्वयमा जाने सपना अधुरै रहेको छ ।

वालिङ(१ मा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका पदमराज गुरुङसहित प्यानलनै विजयी भएका छन् । नवनिर्वाचित गुरुङले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका गिरमान गुरुङसहित प्यानललाई पराजित गरेका हुन् । वडा सदस्यमा अर्याललाई कांग्रेसका २२ वर्षीय सम्भव अर्यालले पराजित गरेका हुन् ।

वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले १०२२ मत ल्याउँदा एमालेका लक्ष्मीपतिले जम्मा ६२६ मत ल्याएका छन् ।

त्यसैगरी वडाध्यक्षमा कांग्रेसका पदमराजले ८५० मत ल्याएका छन् भने एमालेका गिरमानले ८२९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?