चिकित्सकको लापरवाही: गर्भवती महिलाको मृत्यु

वीरगंज:  वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल विहानदेखि तनावग्रस्त बनेको छ।

चिकित्सकको लापरवाहीका कारण एक गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनले चक्का जाम गरी विरोध प्रदर्शन थालेका हुन् । 

हिजो राति ८ बजे भर्ना भएकी बारा,परवानीपुर गाउपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको आज बिहान ५ बजे चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भनिएको छ ।

दुई महिने गर्भवती रमिता पेट दुख्दा अस्पताल भर्ना भएकी थिइन्। 
बिहान ४ बजे फेरि पेट दुख्दा ड्युटीमा खटिएका अहेवले गलत सुई लगाएपछि रमिताको मुखबाट र्‍याल र फिज आएको थियो। 

उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको परिवारजनले माग गरेका छन्। 
यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकसंँग बुझ्दा सो समयमा डा।कृष्ण अधिकारी,अहेब द्वय जयराम महतो र सुरेश गुप्ता डियुटीमा रहेको र घटनाको बारेमा विस्तृत बुझ्ने कार्य भइरहेको बताए।
पर्सा प्रहरीले अस्पताल परिसरमा सुरक्षा बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?