काठमाडौंमा बढ्यो बालेनको रफ्तार : स्थापितभन्दा १ हजार मतले अगाडि

लोकपथ
2.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

साहले आइतबार साढे १० बजेको मतपरिणामअनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १२१९ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले १०८१ मत पाएकी छन् ।

हालसम्म ५ हजार ९८३ मत गणना भएको छ । यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेका छन् ।

राष्ट्रियसभा गृहमा काठमाडौं महानगर १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?