काठमाडौं: नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म सिंहदरबार क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।
सिंहदरबार परिसरमा रहेका एच।टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणले उपत्यकामा सफाइ तथा मर्मत गर्नु परेमा शनिबारका दिन आपूर्ति बन्द गर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया