काठमाडौँ : नेपालको पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा विश्व बैंकको लगानी भित्र्याउने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् ।
सरकारका प्राथमिकताअनुसारका विकास अायोजनाहरूमा अावश्यक लगानी जुटाउन खतिवडाले विश्व बैंकअन्तर्गतका विभिन्न संस्थाहरूलार्इ अाग्रह गर्ने जनाएका छन् ।
अमेरिकाको वासिंटन डिसीस्थित विश्व बैंकको मूख्यालयमा अर्थमन्त्री डा. खतिवडाले विश्व बैंकले तयार गरेको ५ बर्षे नेपालको विकासमा साझेदारी खाकालार्इ अन्तिम रूप दिने बताएका छन् । विश्व बैंकले सन् २०१९ देखि २०२३ सम्मका लागि नेपालमाा विकास अायोजना कार्यान्वयन गर्न ५ बर्षे विकास खाका तयार गरेको छ ।
डा. खतिवडाले विश्व बैंकमा नेपालको अार्थिक सोच एवं रणनीतिक योजना, संघीयता कार्यान्वयनको मार्गचित्र र लगानी अावश्यकताबारे प्रस्तुती दिनेछन् ।
विश्व बैंकअन्तगर्तका उच्च व्यवस्थापन समूह, अन्तरराष्ट्रिय मुद्रा कोष (अार्इएमएफ), अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड) लगायत संस्थाका अधिकारीहरूसँग नेपालको विकास प्रकृयामा सहायताका लागि अनुरोध गर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया