युगान्डासँगको शृंखलामा दर्शक प्रवेश नि:शुल्क

लोकपथ
161
Shares

काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीचको पाँच खेलको टी-ट्वान्टी शृंखलामा दर्शकले नि:शुल्क हेर्न/प्रवेश गर्न पाउने भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने शृंखलामा दर्शकले नि:शुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न लागेको हो । यसैकारण दर्शकहरुलाई प्रोत्साहन गर्न प्रवेश नि:शुल्क गरिएको क्यानले जनाएको छ ।

शृंखलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ । नेपालले २ जेठमा शृंखलाअन्तर्गतको पहिलो खेल खेल्नेछ । यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौ खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?