काठमाडौं महानगर अपडेट : उपमेयरमा ठूलो मतान्तरसहित एमाले गठबन्धन भन्दा अगाडी

लोकपथ
5.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनको उम्मेदवारले ठूलो मतान्तरसहित अन्य दल र स्वतन्त्रसँग प्रतिष्पर्धा गरिररहेका छन् ।

हालसम्म ५ हजार १ सय १५ मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार तेस्रो र उपमेयरको उम्मेवार ठूलो मतान्तरसहित दोस्रो स्थानमा रहेका छन् ।

मेयरमा गठबन्धनको उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन साहले २०१७ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा भने सुरुवातदेखि नै गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठ ठूलो मतान्तरसहित दोस्रो स्थानमा रहेका थिए । हालसम्मको परिणाम हेर्दा श्रेष्ठले ५८० मत प्राप्त गरेका छन् । भने उनका प्रतिष्पर्धी एमालेकी उम्मेदवार सुनिता डंगोलले २ हजार मत प्राप्त गरेकी छिन् । यसो हेर्दा उनीहरुबीचको मतान्तर नै १४२० रहेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपमेयर बनेकी बिनिता मगैयाले ५१३ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

हाल ३२ वटा वडा रहेको काठमाडौं महानगरको ५ वटा वडाको मतगणना जारी रहेको छ । राष्ट्रिय सभागृहमा जारी मतगणना अनुसार हालसम्म १, २, ३, ४ र ३२ नम्बर वडामा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?