महात्तरी : महोत्तरीको बर्दिबासमा स्थिति न्यु श्री सिद्धार्थ बोर्डिङमा शुक्रबार विशालु सर्पको टोकाई र त्यसबाट बच्ने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिबास३ स्थिति सर्पदंश उपचार केन्द्रका चिकित्सक यम राईले कार्यक्रममा सर्पको टोकाइ सम्बन्धी प्रशिक्षण दिएका थिए । उनले बर्सेनी गर्मीयाममा महोत्तरी,धनुषा,सिराहा,सप्तरी लगाएत तराईका विभिन्न जिल्लामा सर्पको टोकाईबाट थुप्रै मानिसको ज्यान जाने गरेको बताउदै तराईको उष्ण मनसुनी हावानी सर्प बस्न उपयुक्त भएको उल्लेख गरे ।
उनले नेपालमा भने ३ सय ७५ प्रजातिका सर्प पाईन्छन् जसमध्ये २२ प्रजातिका सर्प विषालु हुने प्रस्ट्याए । तराईमा गोमन (कोब्रा) करेंत, हरेऊ, बाघे (भाईपर) जातका विषालु सर्प पाईने राईको भनाइ छ ।
राईले सर्पको टोकाईबाट बच्नकोलागी घरवरीपरी सफा राख्ने,पानी जम्ने खाल्डाखुल्टी पुर्ने,मुसाका प्वाँलहरु छन् भने टाँल्ने, प्रत्येक एक हप्तमा किटनाशक औषधी घरवरीपरी छर्ने,राती हिँड्नु परेमा टर्च लाइटको प्रयोग गर्ने,सुत्दा झुल हालेर सुत्ने जस्ता सावधानी अपनाएमा सर्पको टोकाइबाट बच्न सक्ने कुरामा जोड दिए । राईले सर्पले टोकिहालेमा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा उपचार गराइहाल्न समेत सुझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया