काठमाडाैं : संसदीय सुनुवार्इ विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलार्इ अस्वीकृत गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधि र र प्रधानमन्त्री के.पी शर्मा अोलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालबीच सामाजिक सञ्जाल ट्वीटरमा जुहारी परेको छ ।
प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीलार्इ सत्तापक्षकै सांसदहरूले संसदीय सुनुवार्इ विशेष समितिबाट प्रधानन्यायाधीश नबनाउने निर्णय गरेका थिए । यही सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू सामाजिक सञ्जालमै एक-अर्काबिरूद्द 'भर्चुअनल वार' मा उत्रिएका छन् ।
प्रिय श्रीविष्णुजी,
कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका -सबैका प्रमुखहरु रहेका संबैधानिकपरिषद के हो नि?
गफाडीहरूको क्लब ?
वा ठमेलको बार हो?
त्यहाँ प्रस्ताव र निर्णय गर्ने बेलामा के सबैले भांग खाएका थिए?(महाकालीसन्धि ताका ओलीजीले बिरोधीलाई के"भांग"खाएर सही गरेकोहो?भने जस्तै!) https://t.co/GTZXVRhOgR— Bimalendra Nidhi. (@BimalendraNidhi) August 4, 2018
शुक्रबार बेलुकी कांग्रेस नेता नीधिले सामाजिक सञ्जाल ट्वीटरमा ''आफ्नै अध्यक्षताको संबैधानिक परिषदबाट आफैले गरेको प्रधानन्यायाधीश नियुक्तिकालागि सिफारिसलाई प्रधानमंत्री ओली आफैले संसदीय सुनुवाइ समिति मार्फत् अस्वीकार गर्न लगाउनु घोर अनैतिक र अधिनायकवादी काम हो।न्यायलयमाथि नाङ्गो प्रहार हो।अदालत र न्यायाधीशलाई कठपुतली बनाउन खोज्नु आपत्तिजनक हो,'' लेखेका थिए ।
नीधिलार्इ प्रतिवाद गर्दै प्रधानमन्त्री अोलीका सल्लाहाकार रिमालले ''निधि जी, संसदीय सुनवाई समिति के हो ? बोधार्थ समिति ? कठपुतली समिति ? या सहिछाप समिति ? सॉसदहरूले त्यहॉ सोध्ने प्रश्न नाटक मात्रै हो ? त्यो समितिले ठप्पा मात्रै लगाउने हो भने समयको बर्बादी किन ? सोचेरै बोलौं है ! यहॉहरू त स्वयं नै ''लोकतन्त्र'' र ''संसदीय'' राजनीति हुनुहुन्छ क्यारे ?!'' लेख्दै व्यंग्य गरे ।
शनिबार बिहान पनि 'भर्चुअल वार'लार्इ निरन्तरता दिँदै नीधिले रिमाललार्इ प्रतिप्रश्न गरे '' प्रिय श्रीविष्णुजी, कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका – सबैका प्रमुखहरु रहेका संबैधानिक परिषद के हो नि ? गफाडीहरूको क्लब ? वा ठमेलको बार हो ? त्यहाँ प्रस्ताव र निर्णय गर्ने बेलामा के सबैले भांग खाएका थिए ? (महाकालीसन्धि ताका ओलीजीले बिरोधीलाई के ''भांग'' खाएर सही गरेको हो ? भने जस्तै !)''
दीपकराज जोशीलार्इ प्रधानन्यायाधीश बनाउन कांग्रेसका केही नेताले शुरूदेखि नै लबिर्इङ गरेपनि सुनुवार्इ समितिमा सत्तापक्ष (ने.क.पा.) र फोरम को बहुमत रहेकाले यो प्रयास सफल हुन सकेको थिएन ।
अर्कातिर, प्रधानमन्त्री अोलीले नै शुरूमा जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेका थिए । पछि, जोशीलार्इ भेटेपछि अोलीले प्रधानन्यायाधीशमा प्रस्तावित व्यक्तिको हैसियत र क्षमता खरदारसरह पनि नभएको प्रतिक्रिया दिएको स्रोतहरूले बताएका छन् ।
शुरूमा अाफैंले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको व्यक्तिलार्इ अाफ्नै दलका सांसदको प्रयोग गरि अस्वीकृत गरेकाले प्रधानमन्त्री अोली स्वंय नैतिक संकटमा परेका छन् । कांग्रेससम्बद्द केही कानूनविद्हरूले प्रधानमन्त्री अोली र प्रधानन्यायाधीशमा अस्वीकृत जोशी दुवैले पदबाट राजीनामा दिनुपर्ने तर्क राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया