१३ चैत्र २०७९, सोमवार

नेपालमा दुई पार्टी मात्र हुनु आवश्यक ः रक्षामन्त्री प्रधान

२०७४,आश्विन,२८,शनिवार १०:१७

9
Shares

काठमाडौं,२८असोज  – रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट गरी दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरु बिच एकता हुनुपर्ने बताएका छन् ।अमेरीका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरु बीच एकिकरण हुनुपर्ने बताए ।नागरीक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री मन्त्री प्रधानले कम्युनिष्ट गठबन्धन पछि काँग्रेस र्निवाचनमा जान डरायो भनेर बाहिर गरिएको हल्ला निराधान रहेको बताए ।प्रधानले भने काँग्रेसले जे भनेको थियो त्यो गर्दछ र गरेकोपनि छ माघ ७ सम्म सवै र्निवाचन सम्पन्न गर्नेछौं भनेर घोषणा पनि गरेको थियो हामी गरेर छाडछौं । गिरीजाबाबुले सत्ता बाजी राखेर माओवादीलाई ८५ सिट संसदीय व्यवस्थामा ल्याएको उदाहारण दिंदै प्रधानले भने भने कम्युनिष्ट गठबन्धनले काँग्रेसलाई हराउने होइन जिताउन सहयोग पुगेको छ ।मन्त्री प्रधानले संसदीय र्निवाचनमा आफुले क्षेत्रनं ६ बाटनै चुनाव लडने बताँउदै आफुलाई हराउन कुनै कम्युनिष्टले नसक्ने दाबी गरे । मन्त्री प्रधानले भने यो क्षेत्रमा मेरो निकै ठुलो योग्दान र लगानी छ,त्यसेले यो क्षेत्रबाट म चुनाव लडदै छु ।कार्यक्रममा तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभाबमा जनताका कामगर्न निकै कठिन भएको बताए । बोहराले भने नगरपालीकामा योजना, प्रशासन फाँटनै छैन, कार्यकारी र केहि कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाई भइरहेका छन्, सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरी पठाएको छु आशाछ चाँडै माग गरिएका कर्मचारी आउने छन् ।कार्यक्रममा नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले कम्युनिष्ट एकता देशका निम्ती भन्दा पनि नेताहरुका व्यक्तिगत फाइदाको लागि भएको भन्दै गठबन्धन दिगो नहुने बताए । बानियाँले काँग्रेश यो देशको जिम्मेवार राजनैतिक दलभएकाले र्निवाचनमा जान नडराएको स्पष्ट पारे ।कार्यक्रममा संस्थाकी कोषाध्यक्ष संगिता मरहठाले संस्था स्थापनाको उदेश्यबारेमा स्पष्ट पारेकी थिइन् ।त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यम कृष्ण खडगी, सुर्योदय टोलसुधार समितिका भोजराज अधिकारी लगायतले सुभकामना व्यक्त गरेका थिए ।नागरीक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यत्रममा नेपाली काँग्रेसका युवा नेता इन्द्रमान महर्जन, तारकेश्वर नगरपालीका वडा नं १० का वडा अध्यक्ष अमृत थापा, नेपाली काँग्रेस तारकेश्वरका सभापति श्रीराम थापा, नेका तारकेश्वर १० का इकाई सभापति कुमार राई, एश्वर्यनगर सेवा समाजका अध्यक्ष सुर्य गेलाङ मगर, लगायत बिभिन्न संघ संस्थाका पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।कार्यक्रमको सञ्चालन संस्थाका सहसचिब माधव तिमिल्सिनाले गरेका थिए भने संस्थाका उपाध्यक्ष डिलाराम सुबेदीले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६