भरतपुरमा २ हजार ९६८ मत गणना : अघिअघि रेणु, पछ्याउँदै विजय सुवेदी

लोकपथ
4.4k
Shares

चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् ।

२ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

उपमेयरमा भने कांग्रेस अगाडि छ । कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?