दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरलाई ६५६ मतले पछाडि पार्दै सुवेदी विजयी भएका हुन् ।
सुवेदीले ३ हजार २ सय मत ल्याएका छन् भने बुढामगरले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् । त्यसैगरी, एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याएका छन् ।
यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया