३१ श्रावण २०७९, मंगलवार

नेपालमा दुई पार्टी मात्र हुनु आवश्यक ः रक्षामन्त्री प्रधान

२०७४,आश्विन,२८,शनिवार १०:१३

0
Shares

काठमाडौं,२८असोज  – रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट गरी दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरु बिच एकता हुनुपर्ने बताएका छन् ।अमेरीका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरु बीच एकिकरण हुनुपर्ने बताए ।नागरीक सरोकार समाज तारकेश्वरको सार्वजनीकरण तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै मन्त्री मन्त्री प्रधानले कम्युनिष्ट गठबन्धन पछि काँग्रेस र्निवाचनमा जान डरायो भनेर बाहिर गरिएको हल्ला निराधान रहेको बताए ।प्रधानले भने काँग्रेसले जे भनेको थियो त्यो गर्दछ र गरेकोपनि छ माघ ७ सम्म सवै र्निवाचन सम्पन्न गर्नेछौं भनेर घोषणा पनि गरेको थियो हामी गरेर छाडछौं । गिरीजाबाबुले सत्ता बाजी राखेर माओवादीलाई ८५ सिट संसदीय व्यवस्थामा ल्याएको उदाहारण दिंदै प्रधानले भने भने कम्युनिष्ट गठबन्धनले काँग्रेसलाई हराउने होइन जिताउन सहयोग पुगेको छ ।मन्त्री प्रधानले संसदीय र्निवाचनमा आफुले क्षेत्रनं ६ बाटनै चुनाव लडने बताँउदै आफुलाई हराउन कुनै कम्युनिष्टले नसक्ने दाबी गरे । मन्त्री प्रधानले भने यो क्षेत्रमा मेरो निकै ठुलो योग्दान र लगानी छ,त्यसेले यो क्षेत्रबाट म चुनाव लडदै छु ।कार्यक्रममा तारकेश्वर नगरपालीकाका मेयर रामेश्वर बोहराले स्थानीय निकायमा कर्मचारीको अभाबमा जनताका कामगर्न निकै कठिन भएको बताए । बोहराले भने नगरपालीकामा योजना, प्रशासन फाँटनै छैन, कार्यकारी र केहि कर्मचारीले सबै कुरा एकैपटक गर्नुपर्दामा काममा ढिलाई भइरहेका छन्, सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरी पठाएको छु आशाछ चाँडै माग गरिएका कर्मचारी आउने छन् ।कार्यक्रममा नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज कृष्ण बानियाँले कम्युनिष्ट एकता देशका निम्ती भन्दा पनि नेताहरुका व्यक्तिगत फाइदाको लागि भएको भन्दै गठबन्धन दिगो नहुने बताए । बानियाँले काँग्रेश यो देशको जिम्मेवार राजनैतिक दलभएकाले र्निवाचनमा जान नडराएको स्पष्ट पारे ।कार्यक्रममा संस्थाकी कोषाध्यक्ष संगिता मरहठाले संस्था स्थापनाको उदेश्यबारेमा स्पष्ट पारेकी थिइन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार १०:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको छ । मंगलबारको प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउने काम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर

ताजा समाचार

सडक अतिक्रमणविरुद्ध सचेतना अभियान सुरु
 २०७९,श्रावण,३१,मंगलवार १२:५७
दश लाख बराबरको यार्सागुम्बा बरामद
 २०७९,श्रावण,३१,मंगलवार १२:५०
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
 २०७९,श्रावण,३१,मंगलवार १२:४७
७ ताइवानी अधिकारीमाथि चीनको प्रतिबन्ध
 २०७९,श्रावण,३१,मंगलवार १२:२४