कांग्रेसमाथि केओली ओलीले लगाए गम्भीर आरोप

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् ।
गण्डकी प्रदेशका सांसदसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै ओलीले  अघिल्लो सरकारले निर्वाचन हुनुअघि र सकिएपछि राष्ट्रिय ढुकुटीबाट जथाभावी रकम बाँडेको, विभिन्न रोगका उपचार निःशुल्क गर्ने भनेकाले अहिले त्यसको असर अर्थतन्त्रमा देखिएको बताए ।

“अहिले उपचारका लागि अर्बौ रकम दाबी गरिएका बिलहरु आएका छन्” प्रधानमन्त्री ओलीले भने, “चुनाव हारिसकेपछि सत्तामा जाने सम्भावना नभएकाले देशलाई डुबाउने गरी यस प्रकारका निर्णय गरेका छन्, जसले गर्दा हाम्रो अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन समय लाग्ने देखिन्छ ।”

उनले  नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने पनि बताए ।

 

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?