नुवाकोट- चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ ।
पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नपा–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । सडक गत मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध भएको थियो । पहिरोको कारण रसुवा र राजधानी काठमाडौँ बीचको सडकयात्रा रोकिँदा सयौँ यात्रुले सास्ती झेल्नु परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया