एक घरको ईनार सफा गर्न गएका तीनजनाको मृत्यु

काठमाडौं । राजधानीको कपुरधारास्थित एकघरको ईनार सफा गर्ने क्रममा शुक्रवार दिउँसो घरधनी सहित तीनजनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त सोह्रखुझ्ेका अनुसार, मेघवर्ण गौतमको घरको ईनार सफा गर्ने क्रममा शुरुमा भारत हाजिपुरका ३६ वर्षीय अशोक कुमार बेहोस भई डुबेका थिए । उनी डुबेको देखेपछि उद्धारमा गएका घरधनी गौतम पनि डुवेका थिए । 

सोही घरमा भाडामा बस्दै आएका अशोक र घरधनी गौतमको उद्धार गर्न २३ वर्षीय रमेश चौधरी ईनारभित्र पसेका थिए । कैलाली टिकापुरका चौधरी पनि सोही ईनारमा डुवेका थिए । ईनार सफा गर्ने क्रममा अक्सीजनको अभावमा उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ । 

सोह्रखुट्टे प्रहरी वृत्तका प्रमुख गौतम केसीको कमाण्डमा खटेको प्रहरी टोली तीनैजनालाई ईनारबाट बाहिर निकाल्न सफल भएको थियो । ईनारमा डुबेर अशक्त बनेका घरधनी बेघवर्ण र अशोकको ग्रिनसिटी अस्पताल बसुन्धारामा तथा रमेशको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?