काठमाडौं । काठमाडौं महानगरमा हालसम्म २ हजार ६ सय ८२ मत खसेको छ ।
जसमध्ये स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन् । उनले हालसम्म ८४२ मत प्राप्त गरेका छन् । त्यसैगरी उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पच्छ्याइरहेका छन् । स्थापितले हालसम्म ७२३ मत प्राप्त गरेका छन् । भने गठबन्धनकी उम्मेदवार सिंह ५०९ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । उनले सुरुमा दोस्रो स्थान हासिल गरे पनि पछिल्ला परिणामहरुमा भने तेस्रो स्थानमा रहेकी छिन् ।
हाल काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया